काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सरकार गठनबारे नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने भएको छ ।

मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संसद र सरकारबारे आगामी रणनीति बनाउन तत्काल वार्ता अगाडि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यस्तै, फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने श्रेष्ठले बताए ।