लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले लिए शपथ, ७ सदस्यीय मन्त्रिपरिषद् गठन
काठमाडौं - लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ लिएका छन् ।
बिहीबार आयोजित एक समारोहबीच प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ अनुरूप मुख्यमन्त्री केसीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि गरिएकाे आह्वानमा केसीले बिहीबार ४२ जना बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । त्यसपछि प्रदेश प्रमुख शेरचनले केसीलाई बिहीबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका गरेका थिए ।
साथै, मुख्यमन्त्री केसीले बिहीबार नै ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन् । जसमा कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् ।
खड्कालाई आर्थिक मामिला तथा योजनामन्त्री, चौधरीले ग्रामीण विकास तथा सहरी विकास मन्त्रीको रूपमा सपथ लिएका छन् भने यादवले भौतिक पूर्वाधार तथा विकास मन्त्रीको रूपमा सपथ लिएका छन् । त्यस्तै, रायमाझी, ढेंगा र शाहीले विनाविभागीय मन्त्रीको रूपमा सपथ लिएका छन्।
फेसबुक पेज Like गर्नुहोस