पाटन अस्पतालको शौचालयबाट भागेका थुनुवा कञ्चनपुरबाट पक्राउ
खबर एक्सप्रेस
२०८१-१२-०७ ११:२९ मा प्रकाशित
Total Shares: 63
काठमाडौं-ललितपुरको पाटन अस्पतालबाट भागेका थुनुवा कञ्चनपुरबाट पक्राउ परेका छन्।
प्रहरीले गए राति कञ्चनपुरस्थित गड्डाचौकी नाका नजिकैबाट उनलाई पक्राउ गरेको हो ।
प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका अछामका १९ वर्षीय दीपक साउद बुधबार दिउँसो साढे १२ बजेतिर पाटन अस्पतालबाट भागेका थिए।
बलात्कारका आरोपित उनी हिरासतमा रहँदा बिरामी भएकोले उपचारका लागि पाटन अस्पताल लगिएको थियो।
अस्पतालको शौचालय छिरेका साउद झ्यालबाट भागेका थिए। उनलाई धनगढीबाट जहाजमा ललितपुर ल्याउने काम भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
साउदमाथि १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप छ। सो आरोपमा उनी १८ दिन हिरासतमा बसेका थिए।
फेसबुक पेज Like गर्नुहोस