काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले पढेको वक्तव्य आफूले लेखेको दाबी गरेका छन् ।

एमालेको पार्टी कार्यालय वल्खुमा रुद्राक्षको बोटमुनि बसेर लेखेको वक्तव्य शाहले पढेको बताएका हुन् । 

‘एमालेको पार्टी कार्यालय वल्खुमा रुद्राक्षको बोटमुनि बसेर मैले ड्राफ्ट गरेको थिएँ । त्यो ड्राफ्ट ज्ञानेन्द्रले पढेका थिए’ ओलीले भने । 

आफूले ड्राफ्ट गरेको सम्बोधनको पत्र पढेपछि संसद् पुनःस्थापना भएको उनको भनाई छ ।