काठमाडौं-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेतृ विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

ललितपुरस्थित पार्टी कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।

सदस्यता नवीकरणको विषयमा चर्काचर्की भइरहेका बेला उनीहरूबीच छलफल हुने बताइएको छ ।

छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य कर्ण थापालगायत सहभागी छन्।