प्रतिनिधि सभा निर्वाचनमा दोलखामा पार्वत भर्सेस बिशाल हुने संभावना,कस्को प्रभाव कति ?
काठमाडौं - काठमाडौं वामपन्थीहरुको गढ मानिने ठाउँ मध्यको एक दोलखा पनि हो । वामपन्थीको पकड रहेको दोलखामा ०५१ को मध्यावधि निर्वाचनमा कांग्रेसका भीमबहादुर तामाङ बाहेक अरुले जित हासिल गर्न सकेका छैनन्।
०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा दुवै क्षेत्र माओवादीले जितेको थियो। त्यसबाहेक स्थानीय तथा प्रतिनिधिसभा निर्वाचनमा एमाले हावी हुँदै आएको जिल्ला हो भने अहिले स्थानीय निर्वाचनमा माओवादीले पनि धेरै राम्रो नतिजा ल्याउन सफल भएको छ ।
यही मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रतिनिधि सभामा एमालेको तर्फबाट पूर्व मन्त्री पार्वत गुरुङ र गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता एबम् बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बिशाल खड्काबीच प्रतिस्पर्धा हुने संभावना बलियो छ ।
केन्द्रिय सरकार महिला मन्त्रालय र संचार मन्त्रालयको जिम्मेवारी पाएका पूर्वमन्त्री गुरुङले दोलखाको विकास र समृद्धिको लागि खासै केहि काम गर्न नसकेको पार्टीमा एकाधिकार भएको जस्ता आरोपका कारण गुरुङसंग धेरै जनता रुष्ट छन् भने बिशाल खड्का बागमती प्रदेशमा कम संभावना भएको मन्त्रालयको जिम्मेवारीमा रहदा पनि दोलखामा अरबौं रुपैया बजेट पार्न सफल भएको कारण जनता माझ निकै लोकप्रिय र प्रशंसनीय बनेका छन् ।
उत्तर-दक्षिण नाकाको लागि बजेट व्यवस्था, जिरी एकीकृत पर्यटन विकास परियोजना ,सुनखानी सांगा ,मुडे मेलुङ,सीताको थान, जुगु, झ्याकु सडक, लामाबगर लप्सी सडक,मध्यपहाडी लोकमार्गबाट शैलुङ जोड्ने करिडोर लगायतका धेरै काम मन्त्री खड्काले गरेका कारण प्रतिनिधि सभामा बिशाल खडका उम्मेदवार बने जित निश्चित रहेको र जिल्लाको विकास र समृद्धिमा धेरै काम हुने जनताले आशा राखेका छन् । अर्कोतर्फ गठबन्धनमा बाट प्रतिनिधि सभामा काङ्ग्रेसले पनि दाबी गरेको भए पनि काङ्ग्रेसको भागमा प्रदेश सभा पर्ने संभावना छ ।
दोलखालाई अहिले चासोका साथ हेरिएको छ पार्वत गुरुङ ०७० सालको संविधानसभा ०७४ प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएको संघको मन्त्री बनिसकेको एमाले भित्रको प्रभावशाली व्यक्ति भएको कारण एमालेबाट प्रतिनिधि सभामा टिकट पाउनेमा गुरुङकै बलियो संभावना छ । गुरुङको पहुँच केन्द्रमा पनि राम्रो छ । उनी ओली सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्नु जिल्लाको लागि गर्वको कुरा थियो ।
दूरसञ्चार क्षेत्रमा दोलखामा धेरै विकास हुने आम नागरिकले आशा राखेका भएपनि दोलखामा दूरसञ्चार सेवा सर्वसुलभ भरपर्दो र गुणस्तरीय बनाउने दूरसञ्चार पूर्वाधारको विकास गर्नेतर्फ गुरुङले ध्यान नै दिएनन् वा गर्न सकेनन् अहिले फाइभजी सेवाको परीक्षण भइरहेको बेला दोलखामा राम्ररी थ्रीजी पनि चल्दैन ।
सञ्चार क्षेत्रको अवस्थामा दयनीय हुनुले गुरुङ माथि सञ्चारमन्त्री भएर पनि केहि नगरेको भन्ने प्रश्नले गुरुङलाई निर्वाचनमा ठुलो असर पर्ने देखिन्छ भने उनको प्रतिस्पर्धा कोसंग भन्ने कुराले पनि ठुलो अर्थ राख्छ । दोलखामा गठबन्धनभित्र अहिले पार्वत गुरुङसंग प्रतिस्पर्धा गर्न बिशाल खड्का नै चाहिने चर्चा हुने गरेको छ । यदि प्रतिनिधि सभा निर्वाचनमा दोलखामा पार्वत भर्सेस बिशाल हुदा धेरै कडा प्रतिस्पर्धा हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस