साताको सुरुको दिन आज शेयर बजारमा उच्च गिरावट, नेप्से ५ प्रतिशतले घटेसँगै लाग्यो सर्किट ब्रेक
खबर एक्सप्रेस
२०७८-०५-२० ०३:२३ मा प्रकाशित
Total Shares: 269
काठमाडौं - साताको सुरुको दिन आज शेयर बजारमा उच्च गिरावट आएको छ । नेप्से ५ प्रतिशतले घटेसँगै सर्किट ब्रेक लागेको छ । बजार खुलेदेखि निरन्तर ओरालो लाग्दै नेप्सेमा ५ प्रतिशतले गिरावट आएसँगै एक्सचेन्जले ४० मिनेटका लागि कारोबार स्थगन गरेको थियो ।
१ बजेसम्म नेप्से १ सय २५ अंकले झरेर २८ सयमा आइपुगेसंगै कारोबार स्थगन गरिएको थियो । पौने २ बजेपछि कारोबार पुनः सुरुभएसँगै भने नेप्से केही सम्हालिदै गएको छ ।
फेसबुक पेज Like गर्नुहोस