काठमाडौं उपत्यकामा साइकल लेनको योजना कार्यान्वयनको बाटोमा
काठमाडौं - काठमाडौं उपत्यकामा साइकल लेनको अभाव भइरहेका बेला काठमाडौँ र ललितपुर दुई ठूला महानगरपालिकाले साइकल लेनको अवधारणा कार्यान्वयनको तयारी थालेका छन् ।
सहरी सौन्दर्यको प्रतीकका रूपमा साइकल लेन निर्माण गर्ने योजनामा दुई महानगरपालिका जुटेका हुन् ।
दुवै महानगरपालिकाले उपत्यकाभित्र निर्माण भइरहेका सडकमा साइकल लेन निर्माण गर्न समेत उपत्यकाका अन्य नगरपालिकालाई आग्रह गरेका छन् ।
काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन गर्ने तयारी गरेको छ । हालको सडकमा रहेको साइकल लेनलाई भौतिक र संरचनागत सुधारसहित साइकल लेन व्यवस्थित गरिन लागिएको छ ।
ललितपुर महानगरपालिकाले भने गोदावरीदेखि शिवपुरीसम्मको ४० किलोमिटरको लामो दूरीमा साइकल लेन निर्माण गर्ने प्रस्ताव अगाडि सारेको छ ।
गोरखापत्रबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस