सुनको भाउ तोलाको १ लाख २६ हजार पुग्यो
खबर एक्सप्रेस
२०८०-११-२७ ०१:१८ मा प्रकाशित
Total Shares: 239
काठमाडौं - आज नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आज अहिलेसम्मकै उच्च तोलाको १ लाख २६ हजार रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार रुपैयाँ पुगेको हो । यसअघि बिहीवार र शुक्रवार सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस