नेपाल मजदुर किसान पार्टीको घोषणापत्र सार्वजनिक
खबर एक्सप्रेस
२०७९-०७-०८ ०२:२२ मा प्रकाशित
Total Shares: 204
काठमाडौं - नेपाल मजदुर किसान पार्टीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेमकिपाले घोषणापत्र सार्वजनिक गरेको हो । नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
नेमकिपा सचिव प्रेम सुवालले निर्वाचन क्रान्तिको संकेत दिने प्यारामीटर रहेको बताए । सुवालले भने, ‘सत्ता गठबन्धन देश र जनताको विरोधमा छ । यो गठबन्धन जनताको पक्षमा छैन । ’
उनले नेपालीको सम्पत्तिलाई विदेशमा नलैजाने नियम कानुन बनाउन आवश्यक रहेको औंल्याए।

.gif)



फेसबुक पेज Like गर्नुहोस