अखिल (क्रान्तिकारी)का उपाध्यक्ष थापाले मागे प्रचण्डको राजीनामा
काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र नेतृत्व परिवर्तनको माग तीव्र बन्दै गएको छ। पार्टीका युवा नेताहरूले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न दबाब बढाएका छन्।
बिहीबार पेरिसडाँडामा आयोजित नेकपाका जनवर्गीय संगठनहरूको बैठकमा अखिल (क्रान्तिकारी)का उपाध्यक्ष विराज थापाले सार्वजनिक रूपमै प्रचण्डको राजीनामा माग गरेका हुन्।
उनले वर्तमान नेतृत्वले पद नछोडेसम्म पार्टी अगाडि बढ्न नसक्ने स्पष्ट धारणा राखे। बैठकमा सहभागी एक नेताका अनुसार थापाले प्रचण्डलाई अब सक्रिय पार्टी नेतृत्वबाट बाहिरिएर देशको अभिभावकको भूमिकामा रहन सुझाव दिएका थिए। थापाको भनाइ उद्धृत गर्दै ती नेताले भने–‘सानो पार्टीको नेतृत्वमा बसेर ऊर्जा खर्च गर्नु उपयुक्त हुँदैन, अब देशको अभिभावक बन्ने समय आएको छ ।
थापाले वर्तमान नेतृत्वले शीघ्र महाधिवेशनको मिति घोषणा गरी तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग समेत राखेका छन्। उनका अनुसार नेतृत्व परिवर्तनले मात्रै पार्टीलाई पुनः सशक्त र गतिशील बनाउन सक्छ ।
यस घटनाले नेकपा भित्र पुस्तान्तरण र नेतृत्व पुनर्संरचनाबारे बहस अझ तीव्र हुने संकेत दिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस