काठमाडौं,विराटनगर - प्रमुख विपक्षी  दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले परमादेशबाट आएको शेरबहादुर देउवा सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन् । 

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता नेम्बाङले जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्ने भएकाले परामादेशबाट आएको सरकारले नबुझने दाबी गरेका हुन् । 

नेम्बाङले सभामुख सबैको नेता हुन नसकेकोसमेत आरोप लगाए । उनले संसद् अवरुद्ध राखिराख्नेसमेत बताए । ‘अदालतले गलत कुरालाई टेकेर गलत निर्णय गर्न थालेजस्तो हामीलाई लाग्न थालेको छ,’ नेम्बाङले भने, ‘तर पनि सर्वोच्च अदालतको आदेशलाई हामी सम्मान गर्छौ ।’

 नेता नेम्बाङ उदपयपुर जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका हुन् ।