सिटिजन लाइफ इन्सुरेन्सको विशेष साधारण सभा बस्दै
खबर एक्सप्रेस
२०७९-०४-०४ ११:३८ मा प्रकाशित
Total Shares: 222
काठमाडौं - सिटिजन लाइफ इन्सुरेन्सले शुक्रबार साउन ६ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको सभा होटल हिमालय, कुपन्डोल ललितपुरमा दिउँसो ३ बजे सुरु हुनेछ ।
बीमा कम्पनीहरुमा पुँजी वृद्धिको चटारो चलिरहँदा सिटिजन्स लाइफले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारण सभा आह्वान गरेको हो ।
कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारण सभा बोलाएको छ । सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।

.gif)


फेसबुक पेज Like गर्नुहोस