काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (साेमबार) बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका हुन्।

प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले उहाँले साेमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाकाे बैठकमा सम्बोधन गर्ने जनाइएकाे छ। सम्बोधनका गर्नका लागि समय समेत माग गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा समसामयिक विषयमा धारणा राख्नुहुने बुझिएको छ ।