बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक पक्राउ
खबर एक्सप्रेस
२०७८-०१-०५ १२:५६ मा प्रकाशित
Total Shares: 295
काठमाडौं, सर्लाही - बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा लालबन्दी नगरपालिका-१ बस्ने ३० वर्षीय राजु दासलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस