काठमाडौं - अहिले देशका अधिकांश भू-भागमा सामान्य बदली रही बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका  थोरै स्थानहरूमा  हल्का वर्षा भइरहेको छ।

मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १, बागमती , गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। 

पहाडी  भू- भूभागमा भूक्षय, पहिरोको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।