कपिलवस्तुमा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको हत्या
खबर एक्सप्रेस
२०७९-०५-१० ०६:२५ मा प्रकाशित
Total Shares: 189
काठमाडौं,कपिलवस्तु - गोली प्रहारबाट कपिलवस्तुको मायादेवी गाउँपालिका(६ मदरहवा गाउँमा एक जनाको ज्यान गएको छ ।
अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय घुरहु भनिने राम समुझ पासीको ज्यान गएको हो ।
गोली प्रहारबाट घाइते भएका पासीलाई उपचारका लागि तौलिहवा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस