सबै जिल्लामा टेलिकमको फोरजी
खबर एक्सप्रेस
२०७६-१०-२२ ११:०० मा प्रकाशित
Total Shares: 273
काठमाडौं - हुम्ला सदरमुकाम सिमकोटमा मंगलवार फोरजी जडान र परीक्षण सम्पन्न भएसँगै देशका ७७ जिल्लाकै प्रमुख स्थानमा यसको पहुँच विस्तार भएको छ ।
गत वर्ष माघ २० गते एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गर्ने सम्झौता अनुसार नै यसको पहुँच बढाइएको प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।
उनका अनुसार मंगलवारको सफलतासँगै देशैभर फोरजी नेटवर्क विस्तार गर्नेमा टेलिकम पहिलो र सबैभन्दा ठूलो प्रदायक बनेको छ ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस