काठमाडौं - सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई लिखित स्पष्टीकरण सोधेको छ ।

कार्यालयले आज सूचना जारी गर्दै कालोसूची राख्न नपर्ने कारणबारे लिखित स्पष्टीकरण सोधेको हो ।

कार्यालयले कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र कार्यालयमा लिखित स्पष्टिकरण पेश गर्न भनेको छ।