कर्णाली प्रदेशका एक सांसदलाई कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०३-३० ०३:४५ मा प्रकाशित
Total Shares: 348
काठमाडौं - कर्णाली प्रदेशसभाका एकजना सदस्यमा कोरोना संक्रमण भएको पाइएको छ ।
कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश सभा स्रोतले जनाएको छ । सोमबार गरिएको पिसिआर परीक्षण गर्दा ती व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । उनको स्वाबको सोमबार सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएको थियो ।
हाल कोरोना पोजेटिभ सांसदलाई आइसोलेसनमा राखिएको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ । संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेका सांसद तथा अरु व्यक्तिहरूको ट्रेसिङ कार्य भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस