लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ १७ गते हुने
खबर एक्सप्रेस
२०७८-०१-२२ ०७:३९ मा प्रकाशित
Total Shares: 362
काठमाडौं - लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगको १९ गते बसेको बैठकले जेठ १७ गते विहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरेको स्रोतले बतायो ।
माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित चन्द्रबहादुर खड्का पार्टी छाडेपछि रिक्त सो स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
बाग्मती प्रदेशमा पनि एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ ।
फेसबुक पेज Like गर्नुहोस