प्रधानन्यायाधीश जबरा नेतृत्वको पूर्ण इजलासले प्रचण्डको पुनरावलोकन मुद्दा हेर्ने
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको पूर्ण इजलासले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकता खारेजी गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध दिएको पुनरावलोकन मुद्दा हेर्ने भएको छ।
जबरासहित तेजबहादुर केसी र प्रकाश ढुंगानाको पूर्ण इजलासमा आजको लागि पेशी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २३ गते एकता बदर गर्ने फैसला गरेपछि गत मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरावलोकनको निवेदन दिएका थिए । सोही निवेदनलाई निस्सा दिने कि नदिने भन्नेबारे सर्वोच्च अदालतले आज निर्णय गर्न लागेको हो ।
फागुन २३ गतेको फैसलाविरुद्ध प्रचण्ड पुनरावलोकनमा गएका हुन्। पुनरावलोकन निवदेनमा प्रचण्डले ८ वटा प्रश्न उठाएका हुन्। एकता खारेज गर्ने फैसला गरेर अदालतले क्षेत्राधिकार नाघेको उनको जिकिर छ।
सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग गरिदिने फैसला गरेर सर्वोच्च अदालतले संवैधानिक र कानूनी जिम्मेवारीको सीमा नाघेको भन्दै प्रचण्डले पुनरावलोकनको निवेदन दिएका थिए ।
सर्वोच्चको उक्त फैसलापछि एमाले र माओवादी केन्द्रले अलग–अलग गतिविधि गर्दै आएका छन् । एमालेभित्रै पनि असन्तुष्ट पक्षले समानान्तर कमिटीहरु बनाउँदै आएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस