प्रधानमन्त्री ओली पुगे बालकोट
खबर एक्सप्रेस
२०७७-०४-१९ ०१:३७ मा प्रकाशित
Total Shares: 550
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरस्थित आफ्नो निजी निवास बालकोट पुगेका छन् ।
सोमबार बिहान पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालसँग बालुवाटारमा छलफल सकेर बालकोट पुगेका हुन् । प्रधानमन्त्री ओली नगएको धेरै समय भएकाले त्यसतर्फ गएको स्रोतले बताएको छ ।
२०७४ फागुनमा प्रधानमन्त्री निर्वाचित भएर बालुवाटारस्थित सरकारी निवासमा सरेपछि ओली बिरलै मात्र बालकोट पुग्ने गरेका थिए । यसअघि ओलीको निवासमा तत्कालीन सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटा बस्ने गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस