पाँचदिने भ्रमणमा नेपाल आउँदै एमसीसी प्रमुख अल्ब्राइट
खबर एक्सप्रेस
२०८०-०६-१२ १२:३२ मा प्रकाशित
Total Shares: 172
काठमाडौं-अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी)की प्रमुख कार्यकारी अधिृकत एलिस अल्ब्राइट नेपाल आउने भएकी छन् ।
आउँदो आइतबार उनी पाँचदिने नेपाल भ्रमणमा आउन लागेकी हुन् । नेपालमा एमसीसी परियोजना कम्प्याक्ट कार्यान्वयन सुरु भएको एक महिना पुगेलगत्तै उनी काठमाडौं आउने लागेकी हुन् ।
एमसीसीको लगानीमा निर्माण हुन लागेको प्रसारण लाइनका लागि अनुमानित लागतभन्दा बढी मूल्य कबोलेर पाँचवटा कम्पनीले ठेक्का प्रस्ताव पेस गरेका छन् ।
उनीहरूले एमसीसीको लागत अनुमानभन्दा ६० प्रतिशत भन्दा धेरै लागत प्रस्ताव गरेपछि उनी नेपाल आउन लागेकी हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस