काठमाडौं - सिरहामा एक जना औषधि व्यवसायीमाथि गोली प्रहार भएको छ । 

मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफिमाथि गएराती अज्ञान समूहले गोली प्रहार गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार राति पसलमा बसिरहेको अवस्थामा अज्ञात समूहले साफीमाथि दुई राउण्ड गोली प्रहार गरेको छ । 

घाइते साफीको हात र तिघ्रामा गोली लागेको र हाल रामसागरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।