उपत्यकामा एक बैंकको ६ वटा शाखा मात्रै खुल्ने
काठमाडौं - उपत्यकामा एक दिनमा एक बैंकको ६ शाखा मात्रै खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । निषेधाज्ञामा पनि कोरोना संक्रमण कम नभएपछि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनमा थप कडाई गरेको हो ।
केन्द्रीय बैंकले सोमबार एक निर्देशन जारी गर्दै निषेधाज्ञा अवधिभर वाणिज्य बैंकहरुले काठमाडौंमा ३ वटा, भक्तपुरमा २ वटा र ललितपुरमा १ गरी उपत्यकामा जम्मा ६ वटा मात्र शाखा कार्यालय खोल्न पाउने व्यवस्था गरेको छ ।
त्यस्तै, विकास बैंकहरुले पनि काठमाडौंमा २, भक्तपुरमा १ र ललितपुरमा १ गरी ४ वटा शाखा खोल्न पाउने व्यवस्था गरेको छ । साथै, फाइनान्स कम्पनीले ३ वटै जिल्लामा १–१ वटा गरी उपत्यकामा जम्मा ३ वटा शाखा कार्यलय खोल्न पाउनेछन् । बैंक तथा वित्तीय संस्थाको केन्द्रीय कार्यालय भने सञ्चालन गर्न पाउने भएका छन् ।
साथै, केन्द्रीय बैंकले अत्यावश्यक बैंकिङ सेवाको लागि बन्द रहेका शाखाका सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, सेवा प्राप्त गर्ने वैकल्पिक शाखा, शाखा खुला रहने समयसम्बन्धी सूचना दैनिक रुपमा प्रकाश गर्न निर्देशन दिएको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस