काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवाद निरुपणका सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसला पुनरवलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँ सर्वोच्च अदालत पुगेका छन्।

सर्वोच्चले एमाले र माओवादी केन्द्र एक भएर बनेको नेकपा खारेज गरिदिएपछि मंगलबार बिहान प्रचण्ड सर्वोच्च पुगेका हुन्।

२०७५ जेठ ३ गते भएको तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई बनेको नेकपालाई गत फागुन २३ गते सर्वोच्चले खारेज गर्दै ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएको थियो । 

प्रचण्ड सो फैसलाविरुद्ध मुद्दा बोकेर अदालत पुगेका हुन् । उनको साथमा रमण श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधान, शम्भु थापालगायत कानुन व्यवसायी रहेका छन् ।