काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट चुनावीसभा सुरु गर्दैछ । जनकपुरबाट रास्वपाले चुनावीसभा सुरु गर्न लागेको हो । रास्वपाका नेताहरू आइतबार नै जनकपुरधाम पुगिसकेका छन् । आइतबार साँझ पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लगायत नेताहरू जनकपुर पुगेका हुन् । तिरहुतिया गाछीमा हुने चुनावीसभालाई सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेनलगायतले सम्बोधन गर्नेछन् ।
रास्वपाको चुनावीसभा आजबाट, जनकपुरमा सम्बोधन गर्दै रवि र बालेन
खबर एक्सप्रेस
माघ ६, २०८२
४३


.gif)


