दैलेख - आईतबार नेकपा विप्लव समुहबाट अपहरणमा परेका दैलेख ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीको खोजी कार्य तीब्र बनाईएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीद्वारा अपहरित अध्यक्षको खोजी कार्य तीब्र बनाएको छ ।

आवश्यक उद्धारका लागि हेलिकप्टर समेत तयारी अवस्था राखिएको छ। सुरक्षा संवेदशनशिलतालाई मध्यनजर गर्दै घटनास्थल तर्फ पठाउन हेलिकप्टर तयारी अवस्थामा राखिएको बताइएको छ ।

सुरक्षाकर्मीहरु दैलेख कालिकोट सीमा नजिक पुगेपनि अहिलेसम्म अध्यक्ष शाहीको अवस्था पत्ता लाग्न सकेको छैन।