टेकु अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ४९ पुग्यो
खबर एक्सप्रेस
२०७७-०२-०८ ०४:०३ मा प्रकाशित
Total Shares: 346
काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ४ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।
अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार पछिल्लो २ पटकको प्रयोगशाला परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई बिहीबार डिस्चार्ज गरिएको हो ।
उनका अनुसार डिस्चार्ज हुनेमा ३ महिला र एक पुरुष छन्। योसँगै नेपालमा कोरोना उपचारपछि निको हुनेको संख्या ४९ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस