बर्दियामा प्रहरीको गोलीबाट मारिएकी नवीनाको घटनाबारे छानबिन गर्न संसदमा माग
खबर एक्सप्रेस
२०७९-०२-२४ १२:५८ मा प्रकाशित
Total Shares: 367
काठमाडौं - सांसद विमला विकले बर्दियामा प्रहरीको गोलीबाट मारिएकी नवीना थारुको घटनाबारे छानबिन गर्न माग गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले सर्वसाधारण जनता वन्यजन्तुसँगै अब सरकारबाट समेत डराउनु पर्ने अवस्था आएको भन्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिन् ।
उनले प्रहरीले गोली चलाउनु नपर्ने अवस्थामा पनि गोली चलाएर नवीना थारुको हत्या गरिएको भन्दै उनले यो घटनाबारे छानबिन गर्न माग गरेकी छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस