काठमाडौं - बीमा समितिका अध्यक्षमा चिरञ्जीवी चापागाई नियुक्ति भएदेखि एउटै व्यक्तिको सेवामा केन्द्रित देखिन्छन् ।

सरकारले बीमा समितिका अध्यक्षमा चापागाई लाई २०७३ पुसमा नियुक्ति गरेको थियो । नियूक्ति पछि  नयाँ कम्पनीलाई लाइसेन्स दिदा आर्थिक चलखेल भएको भनी केही विवादमा परे पनि चापागाईले  त्यसपछि केही राम्रो र महत्वपूर्ण  काम पनि  गरेका थिए । 

नयाँ कम्पनीलाई लाइसेन्स दिएपछि बजारमा प्रतिस्पर्धाको वातावरण बन्यो बीमाको दायरा पनि  बढ्यो यदि बीमा समितिले काम गरेको देखाउन र लोकप्रिय बन्न मात्र नभई तथ्यांक सही रहेछ भने समितिले बताए अनुसारको बीमाको दायरा बढेको भए अध्यक्ष चापागाईको आएपछिको यो एउटा राम्रो काम हो। 

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले सबै कम्पनीहरु लाई हेर्ने दृष्टिकोण एउटै हुनुपर्ने हो । तर शिखर इन्स्योरेन्सका सिइओ दिप प्रकाश पाण्डे लाई भने नियमक निकाय भन्दा ठुलो जस्तो ठानेका कारण शिखरको सिइओले बीमा समितीलाई नियमन गरेको समेत चर्चा हुन थालेको छ ।

बीमा समिति आफैले जारी गरेको बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका कार्यान्वयन गर्न कम्पनीलाई नियमन गर्न भने अध्यक्ष चापागाईं चुकेका छन् ।

पछिल्लो समय चर्चा पाएको विषय शिखर इन्स्योरेन्सका सिइओ दिप प्रकाश पाण्डेको अन्तिम पटकको कार्यकाल सकिदा पनि शिखर इन्स्योरेन्सका संचालक समितिले पुनःनियुक्ति गर्न सिफारिस गरेकि विषयमा समितिका अध्यक्ष चापागाई नियमक बन्लान निरीह भन्ने प्रश्न सर्वत्र चासोको प्रश्न बनेको छ ।

शिखर इन्स्योरेन्स स्थापना  कालदेखि नै नेतृत्वमा रहेका पाण्डेलाई २०६९ सालमा पनि अन्तिम पटक भनेर नियूक्ति दिएको बीमा समितिकै उच्च कर्मचारी बताउँछन् । २०७३ मा पनि बीमा समितिले अन्तिम एक पटकको लागि भनेर दिएको पत्र नै खबर एक्सप्रेसले पहिलो पटक सार्वजनिक गरेको थियो । भने अन्य संचार माध्यममा समेत आइसकेको छ । 

यति भैसक्दा पनि बीमा समिति अलिकति पनि लाज नमानी पाण्डेलाई अझ नियूक्ति दिने पक्षमा छ । बीमक संघका अध्यक्ष समेत रहेका सिइओ पाण्डेलाई निर्जीवन बीमा क्षेत्रका हस्तीका रुपमा लिइन्छ भने निर्देशन उल्लघंन र अपव्याख्या बीमा शुल्कमा गैरकानुनी छुट दिने जस्ता कुरामा पनि अब्बल रहेको आरोप पनि उनी माथि लाग्ने गरेको छ ।

बीमा समितिमा अध्यक्ष चिरञ्जीवी चापागाईको कार्यकाल सकिन अब करिब तीन महिना मात्र बाँकी छ । चापागाई जसरी पनि सिइओे पाण्डेलाई शिखरमा पुनःनियूक्ति गराएर मात्र जाने पक्षमा रहेको स्रोतको भनाइ छ । चापागाईले नियूक्ति दिएपनि २०७३ मा अन्तिम एक पटकको लागी भनेर दिएको पत्रका कारण अदालतमा रिट परे नियूक्ति बदर गर्न सक्ने सम्भावना छ । 

अझ अचम्मको कुरा त के छ भने २०७३ पुसमा  बीमा समितिको अध्यक्ष बनेर आएका चापागाईले फागुन २७ गते शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेलाई कार्तिक ११ गतेदेखि लागु हुने गरी सिइओ बन्न अन्तिम एक पटकको लागि नियूक्ति स्वीकृति दिए ।

शिखर इन्स्योरेन्सलाई फागुन २७ गते सिइओका लागि स्वीकृति दिएका छन् । बीचको करिब पाँच महिनामा सम्म शिखरको सिइओ को थियो ? अध्यक्ष चापागाईको पनि कार्यकाल चार वर्ष सिइओ पाण्डेको पनि चार वर्ष एकै ब्यक्तिले दुई पटक नियुक्ति गर्न कसरी सक्छ ? एकै ब्यक्तिले दुई पटक नियुक्ति गर्न समय नपुग्ने भएको कारण अध्यक्ष चापागाईले करिब पाँच महिना अघि र चापागाईं  बीमा समितिमा अध्यक्ष बन्नु भन्दा दुई  महिना अगाडिदेखि  अर्थात २०७३ फागुन २७ गते कार्तिक ११ देखि लागु हुनेगरी पाण्डेलाई सिइओमा नियुक्ति गरेर  जाने बेलामा समेत आफैले नियूक्ति गरेर जाने गरि यो सब अध्यक्ष चापागाईंकै चलखेल भएको हुन सक्ने अनुमान छ ।

२०६९ मा पनि सिइओ दिप प्रकाश पाण्डे लाई नियूक्ति गर्दा  बीमा समितिले अन्तिम पटकको लागि भनेको स्रोतको दाबी छ । स्रोतले बताए अनुसार  २०६९ मा अन्तिम पटक भनेपछि २०७३ मा नै उनी शिखरको सिइओ बन नसक्नु पर्ने हो । तत्कालीन समितिका नेतृत्वले पाण्डेलाई सिइओ बनाउन नमानेपछि समितिको अध्यक्षमा चिरञ्जीवी चापागाईं आएपछि नमिल्ने हुदाहुदै पनि नियुक्ति गरेको उच्च स्रोतको भनाइ छ ।

बीमा समितिका अध्यक्ष चापागाईं लाई आफू विवादमा परेर पनि सिइओ पाण्डेलाई नियुक्ति गरि छाड्नु पर्ने बाध्यता के होला ? बीमा समिति नियमक बन्ने कि निरीह ? हेर्न बाँकी छ ।