नेपाल प्रिमियर लिग: लुम्बिनीको विजयी सुरुवात, चितवन ६ विकेटले पराजित
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गर्ने क्रममा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १४२ रनको मध्यम लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीका गुल्बादिन नइबले अविजित ४४, कप्तान रोहितकुमार पौडेलले ३९ र सन्दीप जोराले २८ रन बनाए । चितवनका रिजन ढकालले २ र सोहेल तानवीरले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । चितवनका रवि बोपाराले ६६ रन बनाए ।
प्रतियोगितामा बोपाराको यो लगातार दोस्रो अर्धशतक हो । लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले ३, अभिशेष गोतम र गुल्बादिन नइबले २ विकेट लिए ।
चितवनले यसअघि आफ्नो पहिलो खेलमा कर्णाली याक्सलाई हराएको थियो । एनपीएलमा चितवन, लुम्बिनी, काठमान्डु गोर्खाज, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, विराटनगर किङ्ग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स गरी आठ वटा टोली सहभागी छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस