काठमाडौं - सोमवार बिहान तराईका भूभागमा बाक्लो हुस्सु तथा कुहिरो लागेपनि अन्य भूभागमा भने मौसम सफा रहेको मौसम विज्ञान विभागले जनाएको  छ । 

सोमवार बिहान एक सूचना जारी गर्दै विभागले पहाड उपत्यकामा पनि हुस्सु र कुहिरो लागेको जनाएको छ ।  

विभागका अनुसार, सोमवार दिउँसो देशको पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सोमवार राति पनि सामान्यतया मौसम सफा रहने छ ।  

विभागले चिसोबाट बच्नका लागि सतर्कता अपनाउनुपर्ने जनाएको छ । विभागका अनुसार अहिले काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको छ ।