काठमाडौंमा ५३८ सहित उपत्यकामा थपिए ६७४ कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७७-०६-०५ ०४:४१ मा प्रकाशित
Total Shares: 221
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा २१३ महिला र ३२५ पुरुष, भक्तपुरमा ३० महिला र ४४ पुरुष, ललितपुरमा ३१ महिला र ३१ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
आइतबार काठमाडौंमा ६०२ , भक्तपुरमा १०१ र ललितपुरमा ६४ गरी उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका थिए ।
शनिबार काठमाडौंमा पाँच सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना गरी ७११ कोरोना संक्रमित देखिएका थिए ।
फेसबुक पेज Like गर्नुहोस