काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४१८ जनामा परीक्षण गर्दा ५८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।  

त्यस्तै, आज कोरोना संक्रमणबाट थप कुनै पनि व्यक्तिको मृत्यु भएको खबर छैन भने १४८ कोभिडमुक्त भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ४ हजार ८१९ रहेको छ । 

No photo description available.