पेट्रोलको मूल्य लिटरमा ११ र डिजेलको ५ रुपैयाँले घट्यो
खबर एक्सप्रेस
२०८०-०६-२८ ०७:५६ मा प्रकाशित
Total Shares: 202
काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस