साम्बाको घुँडाको सफल शल्यक्रिया सम्पन्न
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 35
काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी 'साम्बा'को घुँडाको सफलतापूर्वक शल्यक्रिया भएको छ ।
आज बिहान डा. साइमन र उनको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको हो ।
सावित्राले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेकी छन्,'लामो प्रतिक्षापछि अन्ततः मेरो घुँडाको शल्यक्रिया भएको छ । बुधबार बिहान डाक्टर साइमन र उनको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी गराउँदछु ।'
खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेका कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट शल्यक्रिया गरिएको उनले जानकारी दिइन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस