काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होलीका दिन ट्राफिक चेकिङमा कडाइ गरेको छ । दुर्घटना र कोरोना महामारीलाई ध्यानमा राख्दै ट्राफिक चेकिङमा कडाइ गरेको हो ।
चोकचोकमा ट्राफिक चेकिङ भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकाभरि ९० ठाउँमा ट्राफिक चेकिङ भइरहेको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । चेकिङ बेलुकी ९ बजेसम्म रहनेछ।
अहिलेसम्म २५० बढी सवारी–साधन कारबाहीमा परिसकेको उनले बताए ।

.gif)



