दाङ - दाङमा वनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । वनभोज स्थल देखि दुई सय मिटर नजिक रा १ त २३९३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर १७ जना घाईते भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भरतसिंह राठोरले जानकारी दिए । मृतकहरुको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
घाईतेहरुलाई उपचारको लागी लमही अस्पतालमा ल्याइएको छ । गढवा गाउँपालिका वडा नं–६ चिल्लेका किशोर किशोरी बनभोजको लागी गढवा गाउँपालिका वडा नं– ५ चिसापानी पुगेका थिए ।

.gif)



