जनकपुरमा चारजनाको शंकास्पद मृत्यु
खबर एक्सप्रेस
२०७६-१२-०२ ०४:१३ मा प्रकाशित
Total Shares: 279
जनकपुरधाम - धनुषाको जनकपुरमा चारजनाको शंकास्पद मृत्यु भएको छ । जनकपुरधाम उप–महानगरपालिका– ७ जानकी चोकस्थित मुसहरी बस्तीमा शंकास्पद चारजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जनकपुरधाम उप–महानगरपालिका ७ भ्रमरपुरा चोकस्थित मुसहरी टोलका ५५ वर्षीया बनारसी देवी सदा, ५२ वर्षीय झगरु सदा, ४५ वर्षीया मिथिला सदा र २२ वर्षीय जितेन्द्र सदा रहेका छन् ।
त्यस्तै, सोही बस्तीका अन्य तीनजनाको अवस्था चिन्ताजनक रहेको छ । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।
केही दिनअघि मात्रै धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा अवैद्य घरेलु मदिरा सेवनबाट ८ जना मृत्यु भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस