‘अदालतको फैसला फागुन १५ गते कट्दैन्, प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्नुहुँदैछ’
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले संसद विघटनसम्बन्धी मुद्दाको फैसला यही फागुन १५ गतेभित्रै आउने बताएका छन् ।
आज विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै नेम्वाङले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म उक्त मुद्दामा फैसला भइसक्ने उनले बताएका हुन् । आफू कानूनको विद्यार्थी भएको नाताले विचाराधिन मुद्दामा नबोल्ने पनि उनले बताए ।
यस्तै, नेम्वाङले प्रधानमन्त्री केपी ओलीले आज महत्त्वपूर्ण घोषणा गर्ने बताएका छन् । ‘प्रधानमन्त्रीज्यूको सदाझै उज्यालो अनुहार, केही समाचार सुनाउ–सुनाउ झै अनुहार थियो तर विमानस्थलमा भनिहाल्नुभएन,’ उनले भने, ‘यो भव्य सभामा हामीलाई कुनै सूचना सुनाउन चाहनुभएको छ । कुनै महत्त्वपूर्ण सूचना हामीलाई सुनाउनुहुन्छ झै लागेको छ ।’
फेसबुक पेज Like गर्नुहोस