काठमाडौं महानगरको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइयो
खबर एक्सप्रेस
२०८१-१२-१६ ११:१६ मा प्रकाशित
Total Shares: 100
काठमाडौं-काठमाडौं महानगरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ ।
आइतबार बिहान काठमाडौं महानगरपालिकाको टोली पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन निर्मल निवास गएको थियो । तर उनीहरुलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो ।
शनिबार महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो।
चैत १५ गते राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी क्षेत्र, सिनामंगल सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै एकरएक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
फेसबुक पेज Like गर्नुहोस