महन्थको नयाँ पार्टी ‘जसपा नेपाल लोकतान्त्रिक’, चुनाव चिह्न ‘साइकल’
काठमाडौं - जनता समाजवादी पार्टीमा असन्तुष्ट रहेको महन्थ ठाकुर पक्ष नयाँ पार्टी गठन गर्न अन्तिम तयारीमा जुटेको छ ।
सरकारले सिफारिस गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयले जारी गरे लगत्तै ठाकुर पक्षले जसपामा आफूतिर रहेका नेता तथा सांसदलाई समेटेर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराउने तयारी गरेका हुन् ।
ठाकुर पक्षको बुधबारको बैठकले पार्टीको नाम ‘जसपा नेपाल लोकतान्त्रिक’ राख्ने निर्णय गरेको छ । साथै, चुनाव चिह्न साइकल राख्ने तयारी भएको एक नेताले बताए । आयोगमा जानका लागि तयारी गरिरहेको बताउँदै ती नेताले तयारी पूरा भए आजै निवेदन दर्ता गर्ने जानकारी दिए ।
निर्वाचन आयोगले जसपाको आधिकारीकता उपेन्द्र यावद पक्षलाई दिएपछि दलविहीन बनेका महन्थ ठाकुर राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयको पर्खाइमा रहेका थिए।
फेसबुक पेज Like गर्नुहोस