माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
खबर एक्सप्रेस
२०७९-०३-२० ०९:३९ मा प्रकाशित
Total Shares: 227
काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ ।
गत पुसमा सम्पन्न महाधिवेशनपछि आइतबार पहिलो पटक बसेको बैठक सोमबार पनि जारी रहने भएको हो । आइतबारको बैठकले ३ सय ७३ जना केन्द्रीय सदस्यको टुंगो लगाएको छ । पार्टी महासचिव लगायतका पदाधिकारीहरु चयनको टुंगो भने अझै लाग्न सकेको छैन् ।
पदाधिकारीका आकांक्षी धेरै देखिनु र महासचिवमा कसलाई लैजाने भन्ने अन्योलका कारण अध्यक्ष पुष्पकमल दाहाल यस पटक पनि पदाधिकारी चयनलाई थाँती राख्ने पक्षमा रहेको बुझिएको छ । तर अन्य नेताहरुले भने बैठक लम्ब्याएर भएपनि पदाधिकारी चयन टुंग्याउनु पर्नेमा जोड दिईरहेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस