काठमाडौं - नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गर्न स्वीकृति पाएको छ ।

भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत खरिद गरी आयात गर्न सक्ने गरी प्राधिकरणलाई स्वीकृति दिएको हो ।  प्राधिकरण भारतीय पावर एक्सचेन्ज मार्केटको सदस्य बनेसँगै सो सुविधा पाएको हो । 

अब नेपालको ऊर्जा विकासको लागि यो एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘कसैको हस्तक्षेपविना बजारले निर्धारण गरेको प्रतिश्पर्धी दरमा आवश्यकताअनुसार विद्युत खरिद गरी आयात गर्न सकिने भएकाले दुई मुलुकबीचको विद्युत व्यापारका लागि यसको ऐतिहासिक महत्व रहेको छ’, शाक्यले भने ।

प्राधिकरणले पनि नेपालमा खपत गरेर बढी भएको विद्युत बिक्रीको स्वीकृतिका लागि भारतमा प्रस्ताव पठाएको छ ।