काठमाडौं -  हिमाल–पहाड–तराई मधेस जागरण अभियानको क्रममा रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति एवम् वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश पाँचका विभिन्न जिल्लाको कार्यक्रममा सहभागी हुने भएका छन् ।

उनले असोज ५ गतेदेखि असोज १० सम्म पाँच दिन प्रदेश पाँचमा भ्रमणमा निस्कने बताएका छन् । हिजो९सोमबार० एक विज्ञप्ति जारी गर्दै उनले सो कुरा बताएका हुन ।

पौडेलको असोज ५ गते रुपन्देहीबाट सुरु गर्ने भ्रमण असोज १० गते बाँके पुगेर समापन हुनेछ । उनी असोज १० गते नेपालगञ्जबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

भदौ २४ बाट शुरु भएको कांग्रेसको दोस्रो चरणको जागरण अभियान असोज ७ मा समापन हुने कार्यक्रम रहेको छ ।

पौडेलको कार्यक्रम यस्तो छ-

असोज ५ – बिहान भैरहवा हुँदै कपिलवस्तु पुग्ने। जागरण अभियानको दोस्रो चरणको कार्यक्रम तौलीहवामा सम्वोधन। (रात्री मुकाम, कपिलवस्तु, तौलीहवा)

असोज ६ – बिहान कपिलवस्तुबाट प्यूठान पुग्ने। प्यूठानमा सम्वोधन। (रात्री मुकाम, रोल्पा) ।

असोज ७ – नेपाली कांग्रेस रोल्पा जिल्लाले आयोजना गरेको विभिन्न कार्यक्रमलाई सम्वोधन गर्ने र जागरण अभियानको दोस्रो चरणको समापन कार्यक्रमलाई सम्वोधन गर्ने । (रात्री मुकाम, प्यूठान स्वर्गद्धारी) ।

असोज ८ – स्वर्गद्धारीबाट दाङ प्रस्थान दाङमा हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने । (रात्री मुकाम घोराही)

असोज ९ – दाङमा हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने ।(रात्री मुकाम तुलसीपुर)

असोज १० – दाङ जिल्लाबाट नेपालगञ्ज प्रस्थान र हवाई मार्ग हुदै काठमाडौं फर्कने ।