टुकुचामाथि बनेका घर नभत्काउन उच्च अदालतको आदेश
खबर एक्सप्रेस
२०७९-०६-०२ ०५:३० मा प्रकाशित
Total Shares: 214
काठमाडौं - उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।
आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले उक्त स्थानमा बनेका घरहरू कानुनी रित नपुर्याइ र उचित क्षतिपूर्ति नदिइ नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहेको छ । उसले हालसम्म जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालेको थियो । अदालतले असोज ५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस