झापामा ९ र सुनसरीमा २ जनामा देखियो कोरोना
खबर एक्सप्रेस
२०७७-०२-०६ १२:१९ मा प्रकाशित
Total Shares: 197
काठमाडौं - प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । संक्रमितमध्ये झापाका ९ र सुनसरीका २ जनामा रहेको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।
कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा झापाका नौ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु सबै केचनकवल गाउँपालिकाका हुन् ।
यहाँ सोमबार एक जनामा संक्रमण देखिएको थियो । त्यसपछि उक्त टोलका ३३ जनाको स्वाब परिक्षण गर्दा संक्रमण देखिएको हो ।
यस्तै, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिनेमा इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी कर्मचारी हुन् ।
फेसबुक पेज Like गर्नुहोस