काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन्।

मंगलबार ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटनको मुद्धामा अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका हुन् । 

५ पुसपछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताउँदै प्रचण्डले भने, ‘अहिलेको युद्ध हामीले जित्नुपर्छ। लडाइँ त विभिन्न ढंगले चलिरहेको छ। अदालतप्रति विश्वास छैन भनेर मैले भन्न खोजेकै छैन, सही फैसला गर्छ भन्नेमा विश्वास छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकतालाई वास्ता नगरेको प्रचण्डको भनाई छ ।